काठमाडौं,कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ हालसम्मकै उच्च स्थानमा पुगेको छ ।
तीन बजेसम्म आइपुग्दाँ परिसुचक २०.७१ अंकले बढेर २७५९.२१ को बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
कारोबार सुरु भएको ४ घण्टाको अवधीमा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये ३ समूहको
ओरालो लागेका छन भने बाँकी समुह बढेका छन ।
यस्तै, कारोबारमा आएका २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर १ लाख १ हजार ९१८ पटक किनबेच हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया