दोस्रो घण्टा : नेप्सेमा १३.१० अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन सोमबार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १३.१० अंकले बढेर २७५१.६० विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा कारोबारमा आएका २०७ ओटा कम्पनीको रु। ४ अर्ब ८० करोड ६२ लाख ६९ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ४१ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ६६० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत्,  निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया