काठमाडौं, राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ६३ लाख रूपैयाँ पुग्नेछ।
प्रतिक्रिया