प्रि ओपनिङ्ग सेसनमा १०.३३ अंकले बढेर नयाँ उचाईमा नेप्से, ५४ कम्पनीको शेयरमूल्यमा वृद्धि

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक १०.३३ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । 

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २७४८.८३ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ७४ कम्पनीका १७ हजार ६५२ कित्ता शेयर १ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया