महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवामा मानसिक समस्या देखिदै गएपछि उपचारका लागि काठमाडौँ पठाइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
चिकित्सकहरुको सल्लाहमा शनिवार निर्मलाका बुवा यज्ञराज पन्तलाई थप उपचारका लागि काठमाडौँको पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । उनका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ ।
छोरीको बलात्कार र हत्या पछि पछिल्लो समय यज्ञराज डिप्रशेनमा गएकाले मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकहरुले सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्नु पर्ने सुझाव दिएपछि काठमाडौँ लगिएको हो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट पनि काठमाडौं गएका छन् ।
निर्मलाका बुवा यज्ञराज लाई धनगढीबाट काठमाडौं जाने विमानले लौजान मानेनन् । धनगढीबाट साढे ६ बजे बुद्ध एयरको फ्लाइटमा निर्मलाका बुवासहितको टोलि काठमाडौँ जाने तयारी थियो । तर यज्ञराजले विभिन्न किसिमका हर्कत गर्न थाले पछि जहाजमा लैजान नसकिने स्रोतले बताएको छ । कहिले झ्यालका सिसामा मुक्का बजार्ने गरेको त कतिखेर अन्य यात्रुहरुलाई विभिन्न किसिमका असहज व्यवहार गर्ने गरेकोले जहाजमा लैजान नसकिएको बताइएको छ ।
धनगढीबाट काठमाडौं जहाजले लिन नमाने पनि शनिवार राति नै एम्बुलेन्समा राखेर निर्मलाका बुवालाई काठमाडौं पठाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।
प्रतिक्रिया