बितेको २४ घण्टामा साढे ६ हजारभन्दा बढी कोरोना मुक्त, सक्रिय सङ्क्रमितको सङ्ख्या कति ?

५ बर्ष अगाडि

काठमाडौं, बितेको २४ घण्टामा  साढे ६ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन्  । अहिले नेपालमा निको हुने दर ७४.६ प्रतिशत पुगेको छ ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ ।

देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै थप एक सय ४५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया