५४.२१ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा नेप्से, कारोबार रकम साढे १० अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ हालसम्मकै उच्च स्थानमा पुगेको छ ।

तीन बजेसम्म आइपुग्दाँ परिसुचक ५४.२१ अंकले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

कारोबार सुरु भएको ४ घण्टाको अवधीमा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेका छन ।
 

यस्तै, कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर  १ लाख १३ हजार ६९ पटक किनबेच हुँदा १० अर्ब ४० करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया