तेस्रो घण्टा : नेप्सेमा हरियाली,  नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५०.७१ अंकले बढेर २७३४.७९ विन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधीमा कारोबारमा आएका २१० कमपनीको  ७ अर्ब ५७ करोड २७ लाख ३५ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेका छन ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६८ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६५८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनसीसी बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३७२ मा रू. २५ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया