काठमाडौं ,स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले गत माघ २९ गतेसम्म सेयर डिम्याट गराएकाहरुको २० प्रतिशत बोनस सेयर खातामा पठाइदिएको हो ।
कम्पनीको गत फागुन १३ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न १.० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया