तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको छ।गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको हो ।
रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोश्रो भेरियन्ट फैलिए सँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढे सँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।
पछिल्ला ४ दिनमा नेपालमा २० हजार ५ सय ६९ जना कोरोना मुक्त भएका छन् । शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने सनिवार ५ हजार ४ सय ५५ जना कोरोना मुक्त भएका छन् ।
यस्तै नेपालमा पछिल्लो ४ दिनमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो ४ दिनमा ७ सय ७१ जनाको मृत्यु भएको छ ।
तिन दिनमा सबै भन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया