काठमाडौं, एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।
लगानीकर्ताले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य रू १ हजार ३६६ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया