स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन – दिमाग चलाएर विकास  गर्नु

७ बर्ष अगाडि

 अर्थमन्त्री डा. यूवराज खतिवडाले  स्थानीय तहका जन प्रतिनिधीहरुलाई दिमाग  चलाएर विकास गर्न निर्देशन दिएका छन् । स्थानीय तहले दुईवटा हात चलाएर  अर्थात सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिए । उनले भने, हात मात्र चलाएर हुदैन दिमाग पनि चलाउनुस् । मुख धेरै नचलाउनुस् नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरेर विकासमा  लाग्नुस् । 

उनले स्थानीय तहले सहकारीलाई पूर्वाधार बनाइदिन र सहकारीका उत्पादनलाई बजारीकरणमा सहज बनाइदिने हो भने सहकारीमार्फत विकास गर्न सकिने पनि उनले भने । 

सरकारले सहकारी पुग्न नसकेको स्थानमा बाटो देखाइदिने हो, बाटो देखाइदिने काम सरकारको हो, बाँकी काम सहकारीले गर्नुपर्छ । सरकार त ठुला ठुला काममा लाग्ने हो, अर्थमन्त्री डा। खतिवडाले भने । 
साथै, उनले सरकार सहकारी र नीजि क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै एक आपसमा प्रतिस्पर्धा होइन सहकार्य गर्न पनि आग्रह गरे । 

यता तीन नम्बर प्रदेशका सभासद पशुपति चौलागाइले  एनजिओ र सहकारीलाई एउटै आँखाले हेर्न नहुने पनि बताए । तीन वटै तहका सरकारले आफ्नो आफ्नो सहकारी ऐनमार्फत काम गर्ने चौलागाइले उल्लेख गरे । 

सहकारी क्षेत्रको प्रवद्धर्नमा प्रदेश तथा स्थानीय तहको भुमिका विषयक प्रादेशिक गोष्ठी राजधानीमा आजबाट शुरु भएको छ ।  विशेष गरी यो तीन नम्बर प्रदेशको गोष्ठी हो । गोष्ठी मंसिर ७ र ८ गते दुई दिन सम्म चल्नेछ । 

७ बर्ष अगाडि

प्रतिक्रिया