चीनले दिएको अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।चीन सरकारले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक गणेश पाण्डेका अनुुसार तातोपानी नाका आईपुगेको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।
यस्तै ओमानको मस्कटबाट ५ सय ६० वटा अक्सिजन काठमाडौँ आइपुगेको छ।
गैरआवासीय नेपाली संघको सहयोग गरेका अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौं ल्याएको हो। नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर ल्याएको जनाएको छ। अक्सिजन सिलिन्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो।
प्रतिक्रिया