ओली र नेपालबीच छलफल

४ बर्ष अगाडि

नेकपा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ । 

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् । 

यद्यपि दुई नेताबीचको भेटवार्ताको समय तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

‘आज कार्यदलमा रहने सदस्यहरुको नाम टुंग्याउने गरी दुई नेता बस्ने कुरा छ । समय र स्थान तय भइसकेको छैन तर एकदुई बजेतिरको समय हुनसक्छ’, नेम्वाङको भनाइ छ ।

गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया