काठमाडौं, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने भोलि (सोमवार) अन्तिम दिन रहेको छ ।
चैत ३१ गतेदेखि कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर जेठ ३ गतेसम्मका लागि लिलामीमा आएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ६०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने छ ।
प्रतिक्रिया