देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सफा रहने

५ बर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखा महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 
 
यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया