काठमाण्डौको चन्द्रागिरि नगरपालिका सिल

५ बर्ष अगाडि

काठमाण्डौको चन्द्रागिरि नगरपालिकालाई सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्पछि नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते देखि ७ गते बिहान ५ बजेसम्म पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । 

 सिल भएसँगै नगरपालिकामा घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।  औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया