कांग्रेस उपसभापति विजयकुमार गच्छदार लाइ पत्नी शोक परेको छ । गच्छदारकी श्रीमतीको शनिबार बिहान निधन भएको हो ।
उपचारको क्रममा गच्छदारकी पत्नी निर्मला गच्छदारको नर्भिक अस्पतालमा आज बिहान निधन भएको हो ।
उनलाई २ साता अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो।
मृगौला र कलेजोको समस्यापछि उनलाई ६ महिना अघि भारतमा उपचार गरि ल्याइएको थियो ।
प्रतिक्रिया