नेपाल वायु सेवा निगमले ६०० वटा अक्सिजन सिलिण्डर ल्याउन जहाज आज ओमन पठाउदै छ। गैर आवाशीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर ल्याउन लागीएको हो ।
यस्तै चीनबाट पनि ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान आजै बेइजिङ जादै छ ।
निगमले बेइजिङबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने गरी उडान तालिका सार्वजनिक गरेको छ ।
निगमले १५ मे बाट १९ मेसम्मका लागि ४ वटा उडान तय गरेको हो
१५ मेमा बेइजिङ गएर निगमको जहाजले ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सकीय सामान ल्याउने र १६–१९ मे मा प्रति उडान ५ सय ५० वटा सिलिन्डर ल्याउने भएको महाप्रबन्ध डिम प्रकाश पौडेले बताए।
पौडेलका अनुसार निगमका सबै जहाजहरु जुनसुकै देशबाट सामान ल्याउनका लागि तयारी अवस्थामा रहेका छन्। सिलिन्डर ल्याउन निगमले वाइडबडी ए३३० जहाज प्रयोग गर्ने छ।
प्रतिक्रिया