काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौँमा २ हजार ४५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जनामा संक्रमण पुष्टी भएको हो ।
यसैगरी यस अवधिमा मोरङमा ४३४ जना, कास्कीमा २८४ जना, रुपन्देहीमा ५२२ जना, सुर्खेतमा २८८ जना र कन्चनपुरमा २२३ जना संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा थप ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै यससँगै हालसम्म संक्रमण पुष्टी हुनेको कूल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

प्रतिक्रिया