एकैदिनमा ६ हजार १३५ जना  संक्रमण मुक्त,सक्रिय संक्रमितको संख्या कति ?

५ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया