पूर्वरानी कोमलले जित्नि कोरोना, अस्पतालबाट डिस्चार्ज

४ बर्ष अगाडि

काठमाडौं, पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्  थापालीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमण भई २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । 

कोमललाई अक्सिजनको हाई फ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेरसमेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उनको उपचार गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया