सपथ लिदा ओलीले 'प्रतिज्ञा गर्छु' भन्ने शब्द उच्चारण गर्न अस्विकार गरेपछि....

४ बर्ष अगाडि

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। 

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुयाएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई  संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले सपथको क्रममा 'प्रतिज्ञा गर्छु' भन्ने शब्द भने उच्चारण गर्न अस्विकार गरेका छन् । सपथपत्रमा 'मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापुर्वक प्रतिज्ञा गर्छु' उल्लेख रहेकोमा ओलीले सुरुमा 'मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापुर्वकु मात्र भनेपछि राष्ट्रपतिले पुन'प्रतिज्ञा गर्छुु भन्ने शब्दावली दोहोर्याएकी थिईन् । तर ओलीले 'त्यो पर्दैन' भनिदिएका हुन् ।  

यस्तै ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । 

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।

त्यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाएकी छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया