निषेधाज्ञा अवज्ञा गर्ने ५ जना माथि मुद्दा दायर

५ बर्ष अगाडि

निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ ।निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाह छन् ।

 पर्साको वीरगञ्जमा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया