सिइडिबी हाइड्रोपावरको नतिजा कसरी हेर्ने ?

५ बर्ष अगाडि

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् ।  २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका छन्  । 

 कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन् । कम्पनीको आईपिओमा १४ लाख ५५ हजार बढी आवेदन हात खाली भएका छन् । 

आईपिओको नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/ , सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/  , मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  बाट हेर्न सकिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया