निषेधाज्ञाको अवज्ञा गर्ने घट्दै, एक हप्तामा ९ हजार बढी लाइ कारबाही

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा प्रहरीले निषेधाज्ञा नमान्ने ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ । बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् हुन् ।

सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।

बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख्या घटेको तथ्यांकले देखाएको छ ।

सीसीएमसी सचिवालयका अनुसार निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते ८१० वटा सवारी साधन कारवाहीमा परेका थिए । त्यसयता दिनको ५ सय बढी सवारी साधनहरु कारवाहीमा पर्दै आएका छन् । बैशाख ३० गते दिउँसो १ बजेसम्म ४५१ सवारी साधनहरु कारवाहीमा परेका छन् ।

निषेधाज्ञा तोडेर बाटोमा निस्केका सवारी साधन र मानिसहरुलाई प्रहरीले केहीबेर सडक किनाराको ‘होल्डिङ’मा राखेर सम्झाई बुझाई घर पठाउने गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया