कोरोनाका कारण वडाअध्यक्षको  मृत्यु

५ बर्ष अगाडि

धनुषामा एक जनप्रतिनिधिको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यु भएको मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिए ।

वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साताअघि ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएपछि गाउँमै औषधी सेवन गरी निको भएका थिए । 

तर, निको भएको दुई दिनपछि उनी पुनः विरामी परेको नगर प्रमुख यादवले बताए । त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएपछि निको भई घर फर्केका थिए । 

त्यसको केहि दिनपछि वडा अध्यक्ष मण्डललाई श्वासप्रश्वासमा समस्या आउन थालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियु कक्षमा भर्ना गराइएको थियो ।

तर, आज विहान वडा अध्यक्ष मण्डलको मृत्यु कोरोना संक्रमणकै कारण मृत्यू भएको नगर प्रमुख यादवले बताए ।

वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया