विभिन्न थरीका पास लिएर सडकमा चहलपहल बढी देखिएको भन्दै निषेधाज्ञा थप कडाइ

५ बर्ष अगाडि

नेपालमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । गृह मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको हो । 


गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको मन्त्रालयले जनाएको छ ।

यस्तै  काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महत्वपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट थप कडा पारिएको छ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौँ (डीसीसीएमसीले) अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा निषेध गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया