आज देखि स्वास्थ्य मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्ने

५ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापन गर्ने भएको छ । काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट मन्त्रालयले अक्सिजनको  व्यवस्था गर्ने भएको हो । 

कोरोना संक्रमितका लागी अक्सिजनको अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो।

बिहिबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आज देखि लागू हुने गरी  मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन मिलाउने छ। 

यसअघि यो काम सीसीएमसीले गर्दै आएको थियो। अक्सिजनको अभाव सुरु भएपछि सीसीएमसीले अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण गरेको थियो। 

निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने निर्देशन आजबाट स्वास्थ्य मन्त्रालयले जारी गर्ने छ।

५ बर्ष अगाडि

प्रतिक्रिया