मकवानपुर र बाजुरामा लम्बियो निषेधाज्ञा

५ बर्ष अगाडि

काठमाडौं– मकवानपुर जिल्लामा आगामी जेठ १३ गते सम्म निषेधाज्ञा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उनले कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिए ।

त्यस्तै बाजुरामा पनि  एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।  अब निषेधाज्ञा जेठ ७ गते राति १२ः०० बजेसम्मका लागि लगाइएको छ । 

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया