आरएमडीसी लघुवित्तको संस्थापक सेयर आजदेखि फेरि लिलामीमा

५ बर्ष अगाडि

काठमाडौं, एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर फेरि आज(बिहीबार) देखि लिलामी बिक्री खुला गरेको छ । 

यो भन्दा अघि लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि बैंकले कम्पनीको बाँकी रहेको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ४१६ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
यसमा जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया