अरुण भ्यालीको नाफा २१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २१.६७ प्रतिशतले बढी हो । गत वर्ष यसले ५ करोड ८६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 

 यस्तै,कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २२.२९ प्रतिशतले  घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया