प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुगेका छन् । प्रधानमन्त्री ओली बरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि थापाको घरमा पुगेका हुन् ।
अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।
अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ । ओली पक्ष पनि नेता नेपालसँग केही नरम देखिएको छ ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।
प्रतिक्रिया