तेस्रो घण्टा : ११.५४ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

कारोबारको अन्तिम दिन (बिहीवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.५४ अंकले बढेर २६८५.४१ विन्दुमा पुगेको छ । 

सोही अवधीसम्म कारोबारमा आएका २१४ ओटा कम्पनीको रू ४ अर्ब ५३ करोड ४४ लाख २३ हजार बराबरको शेयर कारोबार  भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू १ हजार ५९० मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया