वर्ल्डलिंकका सञ्चालक तथा निर्देशक विजयको मृत्यु

५ बर्ष अगाडि

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका निर्देशक विजय जलानको मृत्यु भएको छ । 
वर्ल्डलिंकका सह–संस्थापक तथा निर्देशक जलानको बिहीबार कोरोना संक्रमणका कारण निधन भएको छ । 

बैशाख १५ गते  कोरोणा संक्रमण पुष्टि भएका ४६ वर्षे जलानको  मेडिसिटी अस्पतालमा निधन भएको हो ।  

मेटिसिटीमा भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा बिहीबार बिहान उनको निधन भएको हो । 

जलान वर्ल्डलिंकका तीन जना संस्थापकमध्ये एक हुन । उनका श्रीमति र एक छोरा छन् ।  

५ बर्ष अगाडि

प्रतिक्रिया