सगरमाथा आरोहणका क्रममा दुई जना आरोहीको मृत्यु भएको छ। आरोहणका क्रममा दुई जना विदेशी आरोहीको बुधबार मृत्यु भएको हो।
पर्यटन विभागका अनुसार मृत्यु हुनेमा स्वीट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउ रहेका छन् ।
सगरमाथा आरोहण गरेर फर्कने क्रममा साउथ समिटमा बसेका अब्दुलको बसेकै ठाउँमा ज्यान गएको हो भने। पुवे लिउको सात हजार नौ सय मिटरको उचाइमा हिउँ 'ब्लाइन्डनेस' र थकानबाट मृत्यु भएको हो। उनीहरूको आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो।
यो याममा १ सय ८२ जनाले सगरमाथा आरोहण गरिसकेका छन्।
प्रतिक्रिया