काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २८.०३ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २६०१.९२ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ५५ कम्पनीका १० हजार ६७७ कित्ता शेयर ६४ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया