काठमाडाैं । रूपन्देहीमा एयरलिफ्ट गरेर भएपनि अक्सिजन पुर्याउने तयारी भएको छ । अक्सिजन अभावका कारण बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत ५ जनाको निधन भएपछि एयर लिफ्ट गरेर भएपनि सिलिन्डर पुर्याउने तयारी भएको हो ।
सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर अक्सिजन पुर्याउने तयारी भएको अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए ।
‘सेनाको हेलिकप्टरबाट एयर लिफ्ट गरेर भएपनि बुटवलमा अक्सिजन पुर्याउने आपतकालीन व्यवस्थापन गर्ने प्रयास हुदैंछ । धेरै आतङ्कित र भयभीत नहोऔँ, उनले भनेका छन्, ‘हामी महामारीमा छौं ।आपतकालीन व्यवस्थापन गर्ने गर्ने प्रयास हुँदैछ । धेरै आतङ्कित र भयभीत नहोऊँ ।’
प्रतिक्रिया