कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग

५ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो ।

   कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी  अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी  सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमित र मृत्यु हुने वृद्धि हुँदै गइरहेका परिस्थितिमा जनतालाई स्वास्थ्य सामग्री अभाव हुन नदिई कोभिड–१९ संक्रमित र अन्य बिरामीको उपचार गर्नुपर्नेमा जोड दिएका  छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया