नेपालमा पछिल्लो २४ घण्टामा थप ९हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसमध्ये पीसीआरबाट ९ हजार २सय ३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया