काठमाडौं, एक्सेल डेभलमेन्ट बैंकको लाभांश स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले बैशाख २८ गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
प्रतिक्रिया