दोस्रो घण्टामा सामान्य अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं कारोबारको चौथो दिन (बुधवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४.८७ अंकले बढेर २६७८.१८ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा २१० ओटा कम्पनीले २ अर्ब १९ करोड ६० लाख ७३ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५६३ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, विकास बैंक, जलविद्युत्, वित्त,  निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया