काठमाडौं, बुधबार एभरेष्ट इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ।
एभरेष्ट इन्स्योरेन्सको बोनस शेयरमा शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।
नेप्सेले एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७२० रुपैयाँ शेयरमूल्य कायम गरेको छ। मंगलबार कम्पनीको शेयर ७७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले बुधबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।
प्रतिक्रिया