नेपालमा पछिल्लो ३ दिनमा ४ सय ४४को मृत्यु, १३ हजार भन्दा बढी कोरोना मुक्त !

५ बर्ष अगाडि

कोरोना संक्रमण र मृत्युदर उच्च भएपछि सरकारले उपत्यका सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ६५ जिल्लामा पूर्ण निषेधाज्ञा हो । देशका ७७ जिल्लामध्ये अब मनाङ, मुस्ताङलगायत पाँच जिल्लामा भने निषेधाज्ञा लगाउन बाकी रहेको छ।

यस्तै नेपालमा केहिदिन यता कोरोना संक्रमितको संख्या र मृत्युदर ह्वात्तै बढेको छ । पछिल्लो आठ दिनको तथ्याङ्कलाई हेर्दा हिजो सर्वाधिक २ सय २५ जनाको ज्यान गएपछि कूल ७ सय २२ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो ३ दिनमा नँया संक्रमितको संख्या दैनिक ९ हजारको हाराहारीमा थपीदै आएको छ । नेपालमा  पछिल्लो ३ दिनमा कोरोनाका कारण ४ सय ४४ जनाले ज्यान गुमाएका छन् भने २७ हजार भन्दा बढी नँया संक्रमित थपीएका छन् । 

तिन दिनमा १३ हजार २ सय भन्दा बढीले कोरोना जितेर घर फर्कीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया