यस्ता छन् बाबुरामका ४ प्रस्ताव !

४ बर्ष अगाडि

 

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२०) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन् ।
 

'देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!,' भट्टराईले ट्वीटरमा लेखेका छन्।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया