काठमाडौं - अपि पावर कम्पनीको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
कम्पनीको २९.३८ प्रतिशत हकप्रद सेयरपछी नेप्सेले प्रतिकित्ता २ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोज भने वैशाख २९ गते (एक दिन) गरेको छ । बुक क्लोजको आधारमा अपि पावरको हकप्रद सेयर वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न सक्नेछन् ।
कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो । हकप्रद सेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रतिक्रिया