काठमाडौं, मंगलबार प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएकोमा ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमितको संख्या ३९ हजार ८२४ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन् । मंगलबार जम्मा ५५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको छ ।
मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया