अन्तर्राष्ट्रिय उडानमा लगाएको  प्रतिबन्ध लम्बियो,जेठ १७ सम्म बन्द गर्ने

५ बर्ष अगाडि

काठमाडौं– कोभिड–१९ को जोखिम कायम रहेको कारण नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । 

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

यस अघि बैशाख मसान्त सम्म  अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय उड्डयन प्राधिकरणले गरेको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया