चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

५ बर्ष अगाडि

 चीन सरकारले दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल आइपुगेको छ । सोमवार हिजो राती बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज भरखरै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ ।

चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया