काठमाडौं, कारोबारको तेस्रो दिन ( मंगलबारं नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको छ ।
मंगलवार रू.५ अर्ब ८१ करोड ६ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त रकम बराबरको २२० ओटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर ६२ हजार ६५९ पटक कारोबार भएको हो ।
नेपाल पुनर्बीमा कम्पनीले सार्वधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ । यस कम्पनीको रू. ७६ करोड ६५ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयरमूल्य पनि यस दिन प्रतिकित्ता रू। ७२ ले बढेर रू. १ हजार ५६८ पुगेको छ ।
मंगलवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु बढेका छन् । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ५.७९ प्रतिशत बढेको हो । त्यस्तै, बैंकिङ्गको ०=१९ प्रतिशत, होटल्स तथा पर्यटनको ०.७२ प्रतिशत, विकास बैंकको ०.५४ प्रतिशत, जलविद्युतको ०.८१ प्रतिशत, वित्तको १.३९ प्रतिशत, निर्जीवन बीमाको १.३१ प्रतिशत परिसूचक बढेको छ ।
त्यसैगरी उत्पादन तथा प्रशोधनको २.४२ प्रतिशत, अन्यको २.५३ प्रतिशत, लघुवित्तको १.२ प्रतिशत, जीवन बीमाको १.५६ प्रतिशत, म्युचुअल फण्डको ०.१८ प्रतिशत र लगानी समूहको १.५१ प्रतिशत परिसूचक बढेको छ ।
मंगलवार बोटलर्स नेपाल तराईसहित पाँच ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यसदिन विशाल बजार कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया